काठमाडौँ – ट्याक्सी चालकले पठाओ राइडरमाथि दुव्र्यवहार गरेका छन् । कलंकीमा यात्रु लिएर जाँदै गरेको पठाओ राइडरमाथि ट्याक्सी चालकले कुटपिट गरेका हुन् ।
ट्याक्सी संघको अध्यक्षमाथि कुटपिटको विरोधमा कलंकीमा भेला भएका ट्याक्सी ड्राइभरहरुले पठाओ राइडरलाई खोजीखोजी कुटपिट गरेको एक पठाओ राइडरले बताए । ट्याक्सी चालकले पठाओ राइडरको मोबाइल होल्डर भाँच्ने लगायत तोडफोड गर्ने काम गरेका थिए । राइडरमाथि कुटपिट भएपछि नजिकै रहेका प्रहरीले रोकेका थिए ।
पठाओका क्षेत्रीय निर्देशक असिम मान सिंह बस्न्यातले पठाओ राइडरमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिने बताए । उनले ट्याक्सी चालकहरुले पठाओमाथि पुरानो दुश्मनी साँध्ने काम गरेको बताए ।
कलंकीमा ठूलो संख्यामा टयाक्सी चालकहरु भेला भएका छन् । उनीहरु ट्याक्सी संघको अध्यक्षमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै विरोधमा उत्रिएका हुन् ।




प्रतिक्रिया