सरकारको ध्यान मानव अधिकार संरक्षणमा होइन, सत्ता लुछाचुँडीमा छ : अष्टलक्ष्मी शाक्य

सरकारको ध्यान मानव अधिकार संरक्षणमा होइन, सत्ता लुछाचुँडीमा छ : अष्टलक्ष्मी शाक्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वर्तमान सत्ता गठबन्धन मानव अधिकारको विषयमा संवेदनशील नभएको बताएकी छन् ।

मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको दोस्रो सम्मेलन र राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च बागमती प्रदेशको प्रथम सभालाई काठमाण्डुमा सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले गठबन्धन सरकारको ध्यान मानव अधिकारको रक्षामा भन्दा सत्ता लुछाचुँडीमा नै केन्द्रित भएको बताइन् ।

‘सरकारको मानव अधिकार विरोधी गतिविधिको विरुद्ध खबरदारी गर्न जरुरी छ,’ उनले भनिन् ।

नेपाली जनताको बलिदानबाट प्राप्त संघीय गणतन्त्रमा पनि मानव अधिकार उल्लंघनका घटना हुनु दुःखद भएको शाक्यले बताइन् । यसविरुद्ध मानव अधिकारकर्मी र सामाजिक अभियन्ताले नागरिक आन्दोलनलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको शाक्यले बताइन् ।

कार्यक्रममा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको संविधानले मौलिक अधिकारको ग्यारेन्टी गरेको भए पनि कार्यान्वयनको पक्ष फितलो रहेको बताए । यसले नेपालका राजनीतिक दल र सरकारप्रति जनताको विश्वास घट्दै गएको ढकालले बताए ।

मानव अधिकारको विषयमा नेकपा एमाले गम्भीर रहेको उनले बताए ।

मानव अधिकार एलाइन्सका केन्द्रीय अध्यक्ष मीनबहादुर शाहीले मानव अधिकारको सवाल विश्वमा नै चुनौती पूर्ण हुँदै गएको बताए । अधिकार सवालमा संगठित भएर लाग्नुपर्ने उनको भनाइ छ ।

नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाशप्रसाद ढुंगेलले वर्तमान सरकार मानव अधिकार विरोधी भएको बताए । सरकाले रोजगारीको लागि विदेश जाने परीक्षा दिन पाऊँ भन्ने युवालाई गोली ठोकेर मारेको ढुंगेलको भनाइ छ ।