रुकुमपूर्व– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् रिमा विश्वकर्माले जुनसुकै पार्टीले पनि राजनीति सिक्न रुकुमपूर्व आउनुपर्ने बताएकी छन् ।
जिल्लाको भूमे गाउँपालिकामा आयोजित एक कार्यक्रममा उनले नेपालको राजनीतिक इतिहास जान्न र राजनीति सिक्न रुकुमपूर्व आउनुपर्ने बताएकी छन् ।
रुकुमपूर्व राजनीतिक चेतना र परिवर्तनको केन्द्र भएको उनको भनाइ थियो ।
‘सबै राजनीतिक दलका नेता र कार्यकर्ताले राजनीतिक सिक्न रुकुमपूर्व आउनुपर्छ’, उनले भनिन्, ‘रुकुमपूर्वको राजनीतिक इतिहास बुझ्न आवश्यक छ ।’
जनताका विकास निर्माणलगायत समस्या बुझ्न आफू रुकुमपूर्व आएको उनको भनाइ थियो ।
उनले बदलिएको परिवशेमा जनताको अपेक्षाअनुसार काम गर्न कर्मचारीलाई आग्रह गरिन् ।




प्रतिक्रिया