ट्राफिकले चिट काटेको भन्दै रिङ्गरोड बन्द

ट्राफिकले चिट काटेको भन्दै रिङ्गरोड बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ट्राफिकले चिट काटेको भन्दै यातायात व्यावसायीले १५ मिनेट रिङ्गरोड बन्द गराएका छन् । नयाँ बसपार्कमा रात्री बसलाई ट्राफिकले चिट काटेको भन्दै यातायात व्यवसायीले रिङ्गरोड बन्द गरेका हुन् ।

सडक बन्द भएपछि गन्तव्यमा हिँडेका यात्रुहरु मर्कामा परेका थिए । रात्री बसले कुनै गल्ती नगरी नै ट्राफिकले चिट काटेको भन्दै बस संचालकले नयाँ बसपार्कमा सडकमै बस रोकेर हिँडेका थिए । उनीहरूले बिहान १० बजेपछि १५ मिनेट सडक बन्द गराएका थिए ।

गाडीमा यात्रुसँग बढी भाडा लिएको भन्ने उजुरी परेपछि ट्राफिकले १० हजारको चिट काटेका थिए । विरोधमा उनीहरुले गाडी सडकमा छोडेर हिँडेका थिए ।