काठमाडौं – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसिहत तीन जना आज रिहा नहुने भएका छन् ।
पत्रकार ऋषि धमलाले रवि लामिछाने भोलि सोमबार रिहा हुने बताएका छन् । चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा आइतबार चितवन पुगेका उनले आफूले पाएको सूचनाकोआधारमा रवि सोमबार रिहा हुने बताएका हुन् ।
उनले भने, अनुसन्धानको फाइल सरकारी वकीलकहाँ पुगेको छ, सरकारी वकीलले बयान लिइसकेर भोलिसम्ममा बहस सकेर रविको रिहाइको प्रक्रिया अघि बढ्छ ।’
सबै प्रक्रिया आइतबार सकिन्छ भन्ने अनुमाग गरिएको थियो, तर यो सम्भावना कम छ, किनकि सरकारी वकीलले सबैजनासँग बयान लिइसकेपछि अदालतमा लगिन्छ, अदालतमा थुनछेक बहस भएपछि मात्रै रवि रिहा हुन्छन्, त्यसैले आज उनीहरु रिहा हुने सम्भावना कम देखिन्छ’ धमलाले भने ।

११ दिनदेखि प्रहरीको न्यायिक हिरासतमा रहेका उनी आइतबार रिहा हुने चर्चा चलिरहेका पत्रकार ऋषि धमलासहित चलचित्र क्षेत्रका श्वेता खड्का, दीपाश्री निरौला, कुञ्जना घिमिरे सुन्तली, दीपकराज गिरी, निर्मल शर्मा, केदार घिमिरे, अनुराग कुँवर, रमेश उप्रेतीलगायत भरतपुर पुगेका थिए ।




प्रतिक्रिया