काठमाण्डु- सर्वोच्च अदालतमा माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाण्डुको निर्णय विरुद्ध रिट परेको छ ।
अधिवक्ता स्वागत नेपालले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्नेजिल्ला प्रशासन काठमाण्डुको निर्णय विरुद्ध रिट दर्ता गरेका हुन् ।
बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै उनले रिट दायर गरेको बताएका छन् ।
सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ । माइतीघरमा जिल्ला प्रशासन कार्यालयले ३० दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।




प्रतिक्रिया