काठमाडौं – राष्ट्रीय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकताको घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलविभाजनसम्बन्धी अध्यादेश ल्याएपछि दुवै दलहरुले एकताको लागी प्रक्रिया सुरु गरेका हुन् । दुवै दलले नयां पार्टीको नाम जनता समाजवादी पार्टी राखेका छन् । झण्डा भने समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने सहमती भएको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधवार मध्यरातमा दुवै पार्टीका शिर्ष नेताहरुबीच एकता गर्ने सहमती भएको हो ।






प्रतिक्रिया