काठमाण्डु – निर्माण सम्पन्न भएको ३ महिनामै सडक भासिएपछि पूर्वी नवलपरासीको देवचुलीका स्थानीयले विरोध जनाएका छन् ।
गण्डकी प्रदेश र देवचुली नगरपालिकाको समपुरक बजेटमा निर्माण गरिएको सडक भासिएको एक बर्ष पुग्दासमेत निर्माण हुन नसकेको भन्दै स्थानीयले वडाध्यक्षको ध्यानाकर्षण गराएका छन् ।
निर्माण भएको तीन महिना पनि नपुग्दै भासिएको सडक एक वर्ष पुग्न लाग्दासमेत मर्मत भएको छैन । सडक निर्माणको क्रममा बनाइएको पर्खाल कमसल भएर सडक भासिएको स्थानीयको आरोप छ ।
जुनतारा कन्ट्रक्सनले सडक निर्माणको जिम्मा पाएको थियो । देवचुली–४ का वडा अध्यक्ष गिरबहादुर थापाले जुनतारा कन्ट्रक्सनलाई सडक निर्माण गर्न जिम्मा दिएका थिए ।




प्रतिक्रिया