बागलुङ – बाढीले बगाउँदा अवरुद्ध भएको जोमसोम–मुक्तिनाथ सडक सञ्चालनमा आएको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सिमानामा पर्ने पाण्डाखोलामा आएको बाढीले सडक बगाउँदा बुधवार साँझदेखि यातायात सेवा अवरुद्ध भएको थियो ।
बाढीले २० मिटर सडक कटान गरेर क्षति पुर्याएको छ । अवरुद्ध सडक मर्मत गरेर सञ्चालन गरिएको छ ।
बर्खायामको मौसममा लुप्रा पान्डखोलामा बर्सेनि बाढीले अनियन्त्रित हुँदा समस्या हुने गरेको छ ।




प्रतिक्रिया