चितवन – पहिरोले अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक पुनः दुईतर्फी खुलेको छ ।
शनिवार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलनजिकै सडकमा पहिरो खसेर बाटो अवरुद्ध हुँदा यातायात सञ्चालन प्रभावित भएको थियो ।
पहिरो हटाएपछि साँझ पौने ६ बजेतिर दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ । सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।




प्रतिक्रिया