काठमाण्डु – निर्माणाधीन फास्ट ट्रयाकको कार्यक्षेत्रमा चिनियाँ नागरिकले नेपाली महिला मजदुरमाथि कुटपिट गरेका छन् ।
मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपास्वास्थित चिनियाँ क्याम्पमा खाना पकाउने महिलालाई चिनियाँले कुटपिट गरेका छन् ।
चिनियाँ नागरिक ५१ वर्षीय था काई युनले १८ वर्षीया किशोरी फलमाया लुड्बामाथि कुटपिट गरेका बताइएको छ । कुटपिट गरेको भन्दै किशोरीका आफन्त र स्थानीयले समेत चिनियाँ नागरिक युनलाई कुटपिट गरेका छन् ।
स्थानीयको कुटाइबाट चिनियाँ नागरिक घाइते भएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीकुमार पौडेलले बताए ।
कुटपिट भोगेकी फलमाया स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज भएकी छन् । चिनियाँ नागरिकको प्रहरीको निगरानीमा अर्थोपेडिक अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।




प्रतिक्रिया