काठमाण्डु – नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाण्डु–तराई/मधेश द्रुतमार्ग सडकमा लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रू’ गरिएको छ ।
द्रूतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६३३ मिटर लम्बाइको काठमाण्डुबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रू भएको हो ।
द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरूमध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको विशेष कार्यक्रमसहित ब्रेक थ्रू गर्ने योजना रहेको सेनाले जनाएको छ ।
काठमाण्डु–मधेशको ‘लाइफ लाइन’का रूपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । विक्रम संवत् २०७४ वैशाख २१ गतेदेखि निर्माण सुरु गरिएको द्रुतमार्गको निर्माण विक्रम संवत् २०८३ चैत मसान्तसम्म सक्ने लक्ष्य छ । द्रुतमार्ग निर्माणमा ढिलासुस्ती भएको गुनासो समेत सुनिने गरेको छ ।






प्रतिक्रिया