काठमाण्डु – सरकारका भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको खाँदबारी–किमाथांका सडकखण्ड अन्तर्गत च्याम्ताङ्ग–घोंघप्पा सडक खण्डको निरीक्षण गरेका छन् ।
सोमबार निरीक्षणको दौरान उनीहरुलाई सडक निर्माणको हालसम्मको प्रगति विवरण तथा विविध पक्षहरूबारे जानकारी गराइएको छ ।
२०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम खाँदबारी–किमाथांका सडक आयोजनामध्ये च्याम्ताङ्गदेखि घोंघप्पासम्मको १०.५१ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको सडक खण्डको ट्रयाक खोलिसकिएको छ भने हाल सडक चौडा गर्ने कार्य भइरहेको छ ।
प्रतिक्रिया