तुइन खोलामा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुन: अवरुद्ध

तुइन खोलामा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुन: अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुक्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा सोमबार दिउँसोबाट दुईतर्फी सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

गत शुक्रबार साँझ खसेको पहिरो हटाएपछि ३ दिनपश्चात यातायात सुचारु भएको थियो । तर कार्यालयका अनुसार पहिरो झर्ने क्रम जारी नै भएकाले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट पहिरो हटाउने कार्य सुचारू हुने जनाइएको छ ।

पहिरो अवधिभरि रोकिएका सवारीसाधनहरू लेन अनुशासनको पालना गरी सावधानीपूर्वक रहन कार्यालयले अनुरोध गरेको छ ।