अत्यावश्यक सेवा र छोटो दूरीका सवारीसाधन सञ्चालन गर्न निर्देशन, यी हुन् ८ निर्णयहरू

अत्यावश्यक सेवा र छोटो दूरीका सवारीसाधन सञ्चालन गर्न निर्देशन, यी हुन् ८ निर्णयहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर लगातार वर्षा र मनसुनजन्य विपद्को जोखिम आकलन गर्दै आईतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले अत्यावश्यक सेवा र छोटो दूरीका सवारीसाधन सञ्चालन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

बैठकले राजमार्गमा रोकिएका यात्रुबाहक र मालबाहक सवारीसाधनलाई जोखिम मूल्यांकनका आधारमा अन्तरजिल्ला समन्वय गरी सञ्चालन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।

अवरुद्ध सडक तत्काल मर्मत गरी आवतजावत सञ्चालन गर्न सडक विभागलाई पनि निर्देशन दिइएको छ । बैठकले विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुन:स्थापनाका कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई आह्वान गरेको छ ।

बैठकले अघिल्लो दिनदेखि जारी लगातार वर्षाका कारण कसिलो निगरानी, राहत आपूर्ति, नि:शुल्क स्वास्थ्य सेवा र सुरक्षित स्थानमा स्थानान्तरण जस्ता कार्यलाई प्राथमिकता दिन निर्देश गरेको छ । सडक, खानेपानी, विद्युत् र सञ्चारजस्ता अत्यावश्यक सेवामा अवरोध नआओस् भनेर सम्बन्धित निकायहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।

बैठकले विपद् प्रभावित व्यक्तिहरूका लागि राहत, स्थानान्तरण र पुन:स्थापनाका कार्य छिटो सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्न पनि अनुरोध गरेको छ ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्टका संयोजक सचिव भीषण श्रेष्ठले हस्ताक्षर गरेको निर्णय पत्रमा राज्यका सबै निकाय, सुरक्षाकर्मी, स्वयंसेवक, जनप्रतिनिधि र गैरसरकारी संस्था उद्धार र राहतमा सक्रिय रहन आह्वान गरिएको छ ।