हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन

हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती – हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आईतबार बिहानैदेखि सवारीसाधन सञ्चालन भइरहेका छन् ।

मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना जारी गरी शनिबार साँझ ८ बजेदेखि आईतबार बिहान ५ बजेसम्मका लागि हेटौँडा हुँदै देउराली काठमाण्डु जाने सवारीसाधनलाई चौकीटोलमा रोकेको थियो ।

कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारीसाधनलाई पूर्व सूचनाअनुसार साँझ ६ बजेदेखि चौघडामा रोकिएको थियो । आईतबार बिहानैदेखि हेटौँडाबाट जाने सबै मार्गमा यातायात पूर्ण रूपमा सञ्चालन भइरहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनसुनजन्य विपद्लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना प्रकाशित गरी ट्राभल एडभाइजरी समेत जारी गरेको थियो ।