मकवानपुरमा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु,१० घाईते

मकवानपुरमा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु,१० घाईते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । शनिवार भएको दुर्घटनामा परेर १० जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बसका चालक मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनिहरुको उपचारको क्रममा निधन भएको हो ।

शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जांदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउंदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा घाईते १० जनाको हेटौडा र चितवनमा उपचार भइरहेको छ ।