बाढीपहिरोले ९ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध (सूचीसहित)

बाढीपहिरोले ९ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वर्षा र बाढीपहिरोको कारण बिहीबार पनि देशका विभिन्न राजमार्गको ९ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

विभिन्न सडकका तीन स्थानमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ।

कोसी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला र मकालुमा, इलामको इलाम नगरपालिका-९ मा मेची राजमार्ग, पाँचथरको तमोर करिडोर, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका–११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ।

त्यसैगरि सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकमा पनि पहिरोले सडक अवरुद्ध अवस्थामा छ।

त्यसैगरि हुम्लाको खार्पुनाथस्थित कर्णाली करिडोर र कालीकोटको पचानझरास्थित कर्णाली करिडोर सडक पनि पूर्णरुपमा अवरुद्ध छ।

त्यसैगरि संखुवासभाको साँगुरिगढी स्थित कोसी राजमार्ग, मकवानपुरको भिमफेदी गाउँपालिका-८ बगुवा खोलास्थित कान्ती लोकपथ, मकवानपुरकै बकैया गाउँपालिका–११ घट्टेपाखामा सवारी साधन एकतर्फी गुडिरहेका छन्।

एकतर्फी बन्द भएका सडकमा चापमा गाडी चरिहेका प्रहरीले जनाएको छ।