पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने पक्राउ

पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वैशाख १७ गते इन्द्रचोकस्थित नैना एन्ड इसन ज्वेलर्समा लुटपाट प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पसलमा बसिरहेकी महिलामाथि पेस्तोल देखाएर लुट्ने प्रयास गर्ने विकेश राजवाहक, अरूण भुजेल र हरिकृष्ण महर्जनलाई मंगलबार पक्राउ गरिएको हो ।

घटनाको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएको थियो। जहाँ हेलमेट, नकाब र कालो कपडा लगाएका दुई जना पसल छिरेको देखिन्छ।

एक्लै बसिरहेकी एक जना महिलालाई उनीहरूले पेस्तोल तेर्साएर लुट्ने प्रयास गरेको र महिला कर्मचारीले त्यस घटनामा प्रतिरोध गरेपछि उनीहरू भागेका थिए। भुजेलको साथबाट घटनास्थलमा प्रयोग गरिएको पेस्तोलसमेत बरामद भएको छ। 

उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।