रोहित चन्द एसियन वारियर्स एफसीमा अनुबन्ध

रोहित चन्द एसियन वारियर्स एफसीमा अनुबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मिडफिल्डर रोहित चन्द एसियन वारियर्स एफसीको टिममा समावेश भएका छन् ।

जापानी फुटबलर केइसुके होण्डाको नेतृत्वमा स्थापना भएको यो क्लबले सम्पूर्ण एशियाली खेलाडीहरूलाई एउटै टिममा समेटेर फुटबलको माध्यमबाट एकता भन्ने अवधारणा अघि सारेको छ ।

एसियन वारियर्सले फुटबलमै मात्र नभई, सामाजिक एकता, सांस्कृतिक सम्बर्द्धन र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने लक्ष्य पनि लिएको छ।

गत शुक्रबार जकार्तामा पत्रकार सम्मेलन गर्दै क्लबले नेपालका अन्तर्राष्ट्रय खेलाडी चन्दको नाम आधिकारिक रूपमा घोषणा गरिएको थियो । उनीसँगै मलेसियाका ली टक, फिलिपिन्सका दाइसुक सातो तथा इन्डोनेसियाका आइमेड विरावान र भिक्टोर इग्बोनेफो पनि टिममा परेका छन् ।

एसियन वारियर्स एफसीले १८ देखि २७ जुलाईसम्म इन्डोनेसियाको पर्सिक केडिरी र मलेसियाको सेलान्गोर एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो सहभागिताले रोहित चन्दलाई एक सम्मानित अन्तर्राष्ट्रिय मिडफिल्डरका रूपमा पुनः स्थापित गरेको छ, जसले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा झनै चिनाउने अवसर दिनेछ।