सानै उमेरमा संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै रोहित


काठमाण्डु- नेपाली संगीत क्षेत्रमा सफलताको बाटोमा अगाडी बढिरहेको एक नाम हो रोहित बिष्ट, २१ बर्षिया रोहितकाे जन्म बैतडीको पुर्चौडीमा भएको हो ।

नेपाली र देउडा गीतमा मिठा शब्द र संगीत भर्ने रोहितले लेखेका मनकी रानी , ओई साइली लगायत दर्जनौं गीत बजारमा आइसकेका छन् भने उक्त गीतले राम्रो चर्चा समेत बटुलेका छन् ।

त्यही गीतको चर्चाले उनलाई लेखनमा सक्रिय हुन थप प्रेरित गर्‍यो । उनी गीत लेखनमा मात्र नभएर म्युजिक भिडियो अभिनयमा पनि पोख्त छन् । मनकी रानी,ओइ साइली, चुम्मा खाइ देउन, सम्झना बाडुल्की जस्ता दर्जनौ गीतमा गीतकार रोहितको अभिनय पनि देख्न सकिन्छ ।

बुवा दमन बहादुर बिष्ट तथा आमा जयमती बिष्टका जेठो सन्तान रोहित यो छेत्रमा आउनुमा आमाको प्रेरणा भएपनि सुरुका दिनमा बुवाले त्यति महत्व नदिएको गुनासो पोख्छन तर जब मैले सुदूरपश्चिम एकल गीतकार प्रतियोगिता २०२२ उपाधि हात पारे त्यसपछि सम्पूर्ण परिवारको साथ रहेको बताउने रोहित भबिस्यमा सफल गीतकार तथा संगीतकार बन्ने चाहाना रहेको बताउछन ।

१९ वर्षकै उमेरमा उनले संगितका क्षेत्रमा गरिरहेको प्रगति लोभलाग्दो छ। सामान्य परीवारमा जन्मिएका रोहित आफूमा क्षमता, प्रतिभा र केही गर्ने इच्छशक्ति भए कुनै कुराले नरोक्ने बताउँछन्। उनीद्वारा रचित सोराइ लाग्छे र सम्झना छ बोलका गीत बजारमा अब आउने तयारीमा छन् ।

‘म गीत/संगीतका क्षेत्रमा नै सक्रिय रहने छु। यो मेरो रुचीको क्षेत्र हो। यसका अलावा मलाई सामाजिक क्षेत्रमा काम गर्न मन पर्छ। असहाय र असक्तको सेवा गर्न पाउँदा खुशी लाग्छ,’ उनी भन्छन, यस्तै उनी सामाजिक सञ्जाल टिकटकमा समेत सक्रिय छन्।

उनले टिकटकमा गर्ने अभिनयलाई धेरैले रुचाएका छन्। उनले आफ्नो पनि अभिनयमा रुची भएको र दर्शकको पनि साथ पाइरहेकाले टिकटक भिडियो बनाउन सक्रिय रहेको बताएका छन्।

पछिल्लो समयमा गित संगित र ति गित संगितका म्युजिक भिडियो निरन्तर रुपमा बजारमा आइरहेका छन दिनहु जस्तो नया मोडेल र कलाकारहरु जन्मिरहेका छन । गित संगितको क्षेत्रलाइ राज्यले पनि चासो दिनु पर्छ । राम्रो काम गरियो भने यो क्षेत्रमा भबिस्य राम्रो रहेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement