रूस र युक्रेनको श्रम स्वीकृति बन्द

रूस र युक्रेनको श्रम स्वीकृति बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले युद्धग्रस्त रूस र युक्रेनको श्रम स्वीकृति बन्द गरेको छ ।

दुवै देशबीच युद्ध चलिरहेका बेला सरकारले दुवै देशका लागि श्रम स्वीकृति दिन बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नहुँदासम्मका लागि श्रम स्वीकृति स्थगन गरेको जनाएको छ ।

रूसी सेनामा गएका नेपालीले ज्यान गुमाइरहेको घटना सार्वजनिक भएपछि श्रम स्वीकृति बन्द गरिएको छ ।