रोल्पाको दरबोट बजारमा ग्लोबल आइएमई बैंककाे नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात

रोल्पाको दरबोट बजारमा ग्लोबल आइएमई बैंककाे नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा –ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएकोछ।

यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरुको संख्या २५७पुगेको छ यस शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकद्वारा आयोजित एक समारोहबीच रोल्पान गरपालिकाका मेयर पूर्ण केसीले गरेका थिए।

शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ्ग सेवा लिन सक्नेछन्।यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमइ, युटिएल, एनटिसिको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्।

कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आय स्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागिटाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको छ।

ग्लोबल आइएमई बैंकले मुलुक भर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६जिल्लामा २७३शाखा, २४२एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्वसंकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी८००भन्दा बढि सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ। ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दैआइरहेको छ।