रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु


रोल्पा – राेल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकाे छ ।रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएकाे हाे । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

सुलिचौरबाट गजुलका लागि छुटेको लु१ज ३२३४ नम्बरको जीप सुलिचौर बजार नजिकै सेवा केन्द्र भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिकाका ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय विष्णु रिजाल र ५० वर्षीया फाम्सी केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र सात जनालाई कोहलपुर रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement