काठमाण्डु — रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । रोल्पा नगरपालिका –९ होमा गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीषक कृष्ण रानाले बताए ।
१२ बजेको समयमा वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर , १८ बर्षीया बुहारी सुशीला बुढा मगर र १५ बर्षीया छोरी श्यामकला बुढामगरको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
६ जनाको परिवार रहेको बुढा मगर आफू, उनकी श्रीमती र छोरा भने बाँच्न सफल भएको प्रहरी निरीक्षक रानाले जानकारी दिए । प्रवक्ता रानाका अनुसार घटनास्थलमा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश राज सुवेदी सहितको टोली जाँदै गरेको छ ।




प्रतिक्रिया