कांग्रेस १४ औँ महाधिवेशन : पहिलो जिल्ला सभापति बने गौचन

कांग्रेस १४ औँ महाधिवेशन : पहिलो जिल्ला सभापति बने गौचन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । आज भएको जिल्ला अधिवेशनले गौचनलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

गौचन पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत पहिलो जिल्ला सभापति बनेको कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । जिल्ला सभापतिमा चुनिएका गौचन पूर्ववाणिज्य मन्त्री समेत हुन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग नजिक छन् ।

गिरिजाप्रसाद कोइरालको सङ्गतमा लामो समय काम गरेका उनलाई पार्टीभित्र इमानदार कार्यकर्ताका रूपमा सबैले चिन्छन् । गिरिजाप्रसाद कोइरालाले थकालीलाई अति गोप्य कार्यको जिम्मेवारीसमेत दिएका थिए । दुई पटक मन्त्री र पटक पटक सांसद बनेका थकाली मुस्ताङ जिल्लामा लोकप्रिय मानिन्छन् ।