प्रेमीकासँगको यौन सम्बन्ध उत्कृष्ट गोलभन्दा पनि उत्तम : रोनाल्डो

प्रेमीकासँगको यौन सम्बन्ध उत्कृष्ट गोलभन्दा पनि उत्तम : रोनाल्डो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – फुटबलका सर्वश्रेष्ठ खेलाडी क्रिस्टियानो रोनाल्डाले आफुले गरेको उत्कृष्ट गोल भन्दापनि आफ्नी प्रेमिकासँगको यौन उत्कृष्ट भएको बताएका छन् ।

हालै वेलायतका चर्चित टिभी संचालक पियर्स मोर्गाको कार्यक्रममा बोल्दै रोनाल्डाले आफुले च्याम्पियन्स लिगमा वर्तमान टोली युभेन्ट्सविरुद्ध गरेको उत्कृष्ट ओभर हेड गोल भन्दा आफ्नी प्रेमिका जोर्जियाना रोड्रिग्वेजसँगको यौन सम्बन्ध उत्तम भएको बताएका हुन् ।

सन् २०१६ देखि २५ वर्षकी जोर्जियाना रोड्रिग्वेजसँग प्रेम सम्बन्धमा रहेका रोनाल्डो जोर्जियानासँग लिभिङ टुगेदरमा बस्दै आइरहेका छन् । सन् २०१७ मा उनीहरुको सन्तानको रुपमा छोरीको जन्म भएको थियो । तर उनीहरुको विवाह भने नभएको द सनले जनाएको छ ।