रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्वअमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन्। अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन्।

रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ । पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन् ।

“मेरा विरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नै छैन,” ३३ वर्षीय रोनाल्डोले भनेका छन् । “बलात्कार घृणित अपराध हो ।” उनी आजभोलि इटालीको युभेन्टस क्लबबाट खेल्ने गर्दछन् ।   प्रहरीले पीडितको नाम सार्वजनिक गरेको छैन ।