काठमाण्डु – बेलायतका लागि कार्यबाहक राजदूतमा रोशन खनाल नियुक्त भएकी छन् । राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल फर्किएपछि रिक्त पदमा नेपाली राजदूतावास लन्डनकी नियोग उपप्रमुख एवं प्रवक्ता खनाल कार्यबाहक राजदूतमा नियुक्त भएकी हुन् ।
राजदूतावासका तत्कालीन उपनियोग प्रमुख मिनिष्टर काउन्सेलर शरदराज आरण नेपाल परराष्ट्र मन्त्रालय सरुवा भएपछि रिक्त प्रवक्ता र सूचना अधिकारी पदमा खनाल नियुक्त भएकी थिइन् ।
परराष्ट्र सेवामा एक दशकभन्दा बढी समय बिताइसकेकी खनालले यसअघि मन्त्रालयमा उत्तर पूर्वी एसिया डेस्क सम्हाल्दै आएकी थिइन् । शाखा अधिकृतबाट जागिर शुरु गरेकी खनालले इजरायलस्थित नेपाली दूतावासमा समेत फस्ट सेक्रेटरीको रुपमा चार वर्षे कार्यकाल सम्पन्न गरिसकेकी छन् ।
बेलायतका लागि एक्काइसौं राजदूतको रुपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी करिब ८ महिना नपुग्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल फर्किएपछि नेपाली दूतावास लण्डन राजदूतबिहीन बनेको छ ।




प्रतिक्रिया