काठमाण्डु- नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्यका विविध विषयमा जनसंख्या मन्त्रालयका सचिवलाई भेटेर ध्यानाकर्षण गराएकाे छ ।
आइतवार जनस्वास्थ्य संघले केन्द्रीय अध्यक्ष बसन्त अधिकारिको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेललाई जनस्वास्थ्यका विविध विषयमा ध्यानाकर्षण गराएकाे हाे ।
जसअनुसार जनस्वास्थ्य संघले मन्त्रालयबाट स्वास्थ्य नीति तथा बजेट कार्यक्रम निर्धारण गर्दा अन्तराष्ट्रिय स्तरमा भएका दिगो विकास लक्ष्यमा गरिएका स्वास्थ्य प्रतिवद्धता समेतलाई मध्यनजरमा गर्दै स्वास्थ्य सूचारकहरुमा प्रतिफल आउने जनस्वास्थ्य कार्यक्रमलाई दिनुपर्ने लगायतका माग गरेको छ ।






प्रतिक्रिया