काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले नेपाल राष्ट्र बैंकको नेतृत्व महिलालाई दिन पर्ने बताएकी छिन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कार्यवाहक गभर्नर निलम ढुंगानालाई नै गभर्नर बनाउन आग्रह गरेकी हुन् ।
उनले भनिन् ‘कार्यवाहक गभर्नर निलम ढुंगानालाई नै राष्ट्र बैंकको नेतृत्व दिऔँ, ५२ प्रतिशत महिलामाथि न्याय गरौँ, योग्य र अयोग्य मान्छे खोज्न नलागौँ। देशको स्थिति हास्यास्पद भइरहेको छ।’
उनले लिलामीको बढाबढमा गभर्नर पद तीन करोड नाघिसक्यो रे भन्दै कटाक्ष समेत गरिन्।




प्रतिक्रिया