नेपाली भुमिमा भारतीय अतिक्रमण रोक्न राप्रपाको माग


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लिपुलेक कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणवि?द्ध प्रतिवाद गर्न माग गरेको छ । आज प्रेस विज्ञप्ति जारी गरी केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गरेको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरूद्ध रहेको बताएको छ ।

’नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरूद्धमा छ। कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरूद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ,’ पार्टीका महामन्त्री भुवन पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।राप्रपाले कूटनीतिक रूपमा वार्ता गरी निर्माण कार्य रोक्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement