राप्रपाले कांग्रेस–एमालेको संविधान संशोधनको एजेण्डामा सघाउने

राप्रपाले कांग्रेस–एमालेको संविधान संशोधनको एजेण्डामा सघाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा एमालेको संविधान संशोधनको एजेण्डामा सघाउने भएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको बैठकले संविधान संशोधनको एजेण्डामा सघाउने निर्णय गरेको बैठकपछि राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए ।

कांग्रेस र एमालेबीच सोमबार राति संविधान संशोधनसहित सत्तासहकार्य गर्ने ७ बुँदे लिखित सहमति भएको थियो । सहमति भने सार्वजनिक गरिएको छैन ।

राप्रपाले नयाँ सरकारमा सहभागीता जनाउनेबारे पछि निर्णय लिने शाहीले जानकारी दिए । ‘हामी संविधान संशोधनको पक्षमा छौँ। नयाँ सरकारबारे परिस्थितिको मूल्याकंन गरेर मात्रै पछि निर्णय लिन्छौँ,’ शाहीले भने ।