पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले चैतमा राजावादीहरू एकत्रित भएर वार कि पारको आन्दोलन गर्ने बताएका छन् ।
मंगलबार राप्रपाद्वारा आयोजित बृहत् मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै उनले भने, ‘फागुन महिनामा देशव्यापी रूपमा आ–आफ्नो कार्यक्रम गरे पनि चैतमा राजा, सनातन धर्म चाहने सबै दल, समूह, संस्था एक ठाउँ आएर काठमाण्डु केन्द्रीत आन्दोलनमा जुट्नेछन् ।’
उनले असक्षम नेतृत्वको विरुद्धमा उठ्न आह्वान गरे । ‘अब जनता असक्षम नेतृत्वको विरुद्धमा उठ्ने बेला भइसक्यो, वार कि पार गर्ने समय आइसक्यो ।’
देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनतान हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरेका छन् ।




प्रतिक्रिया