देश बिग्रिन नदिन जेठ १५ गतेको आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन

देश बिग्रिन नदिन जेठ १५ गतेको आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई बिग्रिन नदिनको लागि र भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा सहभागी हुनुपर्ने बताएका छन् ।

राजसंस्था पुनःस्थापनाको लागि घरदैलो तथा प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले जेठ १५ गतेको आन्दोलनमा देशवासी नै सहभागी हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालको भविष्य बर्बाद हुनेवाला छ । यसकारण यो देशलाई बिग्रिन नदिनको लागि, भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा आउनुपर्छ । यो आन्दोलन नेतृत्व गर्नेको मात्र होइन, यो आन्दोलन हामी सबैको साझा आन्दोलन हो । देशवासीको आन्दोलन हो ।’

उनले जनताको एक दिनको धक्काले र योगदानले यो भ्रष्ट व्यवस्था ढल्ने बताए । उनले शान्तिपूर्ण आन्दोलनमा कुनै पनि हिंसात्मक कार्यहरू गर्न नदिन सरकारलाई आग्रह गरे ।

उनले भने, ‘तपाईंको एक दिनको धक्काले र योगदानले यो भ्रष्ट व्यवस्था ढल्छ र सबैको भविष्य सुरक्षित हुन्छ । हामी शान्तिपूर्ण आन्दोलन गर्छौं । यो शान्तिपूर्ण आन्दोलनमा सरकारलाई हामी कुनै हिंसात्मक कार्यहरू गर्न नदिनको लागि आग्रह गर्न चाहन्छौं ।’