काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ ।
शनिबारको भेटमा विभिन्न प्रस्तावहरू समेत अघि सारिएको छ ।
मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि राजा, राजनीतिक दल र जेनजी लगायतका पक्षहरूबीच नवीन समझदारीको औपचारिक प्रस्ताव गरिएको छ ।
राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री कार्कीलाई विभिन्न ५ बुँदे ज्ञापनपत्र बुझाउँदै नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको पहल लिन आग्रह गरेका छन् । शनिबार अपराह्न राप्रपा नेताहरू बालुवाटार पुगेका थिए ।




प्रतिक्रिया