काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३ वटा निर्णय गरेको छ ।
आईतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले वर्तमान विषम परिस्थितिबिच पनि मतदान गर्ने तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीलाई विजयी गराउने सम्पूर्ण मतदातालाई धन्यवाद दिने निर्णय गरेको छ ।
बैठकका निर्णयहरू सुनाउँदै लिङ्देनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३ वटा निर्णयहरू गरेको छ । यो विषम परिस्थितिमा पनि राप्रपालाई मतदान गर्ने र १ मात्र प्रत्यक्षतर्फ ज्ञानबहादुर शाहीलाई विजय गराउने सम्पूर्ण मतदाता धन्यवाद दिने निर्णय गरेको छ ।’
उनका अनुसार बैठकले मधेश प्रदेश सभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा समानुपातिक सूचीको प्राथमिकतामा रहेको दोस्रो नामलाई सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । उक्त नाम प्रदेशसभा सदस्य नियुक्तिका लागि सिफारिस गरिने पनि अध्यक्ष लिङ्देनले बताए ।
बैठकले प्रतिनिधि सभातर्फ समानुपातिक प्रणालीबाट ४ जनाको नाम सिफारिस गर्ने निर्णय पनि गरेको छ । ती नामहरू निर्वाचन आयोगमा पठाएपछि मात्र सार्वजनिक गर्ने निर्णय भएको पनि उनले बताए ।




प्रतिक्रिया