काठमाण्डु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीय निर्वाचनमा अन्य दलहरूसँग मिलेर जाने निर्णय गरेको छ ।
सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा विभिन्न राजनीतिक दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
आजको बैठकले चुनावी तालमेलका लागि आवश्यक निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । संघीय चुनावबाट राप्रपालाई आम जनतामा स्थापित गराउन पार्टीको सबै संयन्त्र परिचालन गर्ने प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
त्यसैगरी लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति पनि गठन गरिएको जनाइएको छ ।




प्रतिक्रिया