सरकारमा सहभागी हुने राप्रपाको निर्णय

सरकारमा सहभागी हुने राप्रपाको निर्णय


काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी नयाँ सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

नेकपा एमालेसहित अन्य साना दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । सरकार गठन गर्न राप्रपाले पनि समर्थन गरेको थियो ।