संघीय सांसदबाट २० हजार उठाउने राप्रपाको निर्णय

संघीय सांसदबाट २० हजार उठाउने राप्रपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका प्रत्येक संघीय सांसदहरुबाट २० हजार लेवी उठाउने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरुबाट जनही २० हजार लेवी उठाउने निर्णय गरेको हो । त्यसैगरी राप्रपाले प्रदेशका सांसदहरुबाट भने १० देखि १५ हजारसम्म उठाउने भएको छ ।

राप्रपाका प्रतिनिधिसभामा १४ सांसद र प्रदेशमा २८ सांसद रहेका छन् ।