धरान-६ का वडा अध्यक्ष भट्टराई राप्रपामा प्रवेश


काठमाण्डु- सुनसरीको धरान उपमहानगरपालिका ६ का निर्वाचित वडा अध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन् ।

भूगोल केन्द्रीत जिम्मेवारीका लागि धरान पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले बिहीबार बिहान धरान पानमारामा आयोजित कार्यक्रममा भट्टराईलाइ पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका छन् । भट्टराइ गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

त्यसअवसरमा धरान-६ का अगुवा कार्यकर्तालाइ शुभकामना सहित सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीले देशका सबै स्थानीय तहमा केन्द्रीय नेताहरुलाई भूगोल केन्द्रीत जिम्मेवारीमा खटाएको र आफूले धरान छनौट गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement