काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था पुृनःस्थापनासहित ७ वटा एजेन्डा लिएर सडकमा उत्रिने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनसम्वन्धी मस्यौदा समितिको प्रस्ताव सामान्य परिमार्जनसहित पारित गरेको हो ।
राप्रपा राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयता र धर्मनिरपेक्षता खारेजीलगायतका माग अघि सार्दै ‘नागरिक आन्दोलन’ मा उत्रिन लागेको छ । पुस र माघमा आन्दोलनका लागि वार्म अप गर्ने र फागुनपछि काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने मस्यौदा समितिले पेश गरेको प्रस्तावमा उल्लेख छ ।




प्रतिक्रिया