काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन ९ गते काठमाण्डुसहित ७४ जिल्लामा प्रदर्शन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बुधबार बसेको बैठकले फागुन ९ गते काठमाण्डुसहित ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत् नेपाल सरकारलाई माग पत्र पेश गर्ने निर्णय गरेको छ ।
राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह लगायत जनजीविकासँग सम्बन्धित माग राखेर फागुन ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माग पत्र बुझाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
बैठकमा आन्दोलन मूल समिति संयोजक समेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनी, आन्दोलन परिचालन समिति संयोजक धवलशमशेर राणा, पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, उपत्यकाभित्रका जिल्ला अध्यक्षहरू लगायत सहभागी थिए ।
राजसंस्था, पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने राप्रपाको तयारी छ ।




प्रतिक्रिया