प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सोमवार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले तत्काल प्रदेश सरकारमा पनि सहभागी नहुने तर आवश्यकताअनुसार पछि जान सकिनेगरी आवश्यक कार्यादेश अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

‘राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ। प्रदेश सरकारमा पनि तत्त्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ’, राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।