प्रदेशमा विपक्षी गठबन्धनलाई सघाउने राप्रपाको संकेत, एमालेलाई कुनै हालतमा नमान्ने निर्णय

प्रदेशमा विपक्षी गठबन्धनलाई सघाउने राप्रपाको संकेत, एमालेलाई कुनै हालतमा नमान्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका क्रममा विपक्षी गठबन्धनलाई सघाउने संकेत गरेको छ ।

प्रवक्ता मोहन श्रेष्ठले राप्रपा विना सरकार नै नबन्ने परिस्थिति बनेमा हाल कायम सत्ता गठबन्धनलाई समर्थन नगर्ने बुधबार बसेको पदाधिकारी बैठकबाट निर्णय भएको जानकारी दिए ।

सरकार नै नबन्ने अवस्थामा समर्थन दिनै परेमा विपक्षी गठबन्धनलाई दिने गरी निर्णय भएको उनले बताए । उनले भने, ‘यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारलाई पार्टीले समर्थन गर्नुपरेको खण्डमा परिस्थिति हेरेर मत दिने तर सरकारमा भने नजाने निर्णय गरेको थियो । सोही निर्णयलाई निरन्तरता दिँदै आवश्यकताअनुसार मत दिने तर एमाले नेतृत्वको गठबन्धनलाई मत नदिने निर्णय भएको छ ।’

पार्टी अध्यक्षले सम्बन्धित प्रदेशसँग परामर्श गरेर आवश्यकताअनुसार सहयोग गर्ने/नगर्नेबारे निर्णय लिने उनले बताए ।