यस्तो थियो ईरानले खसालेको आर क्यु– ४ ग्लोबल हांक सर्विलेन्स ड्रोन


वाशिंगटन– ईरानले अमेरिकाको शक्तिशाली ड्रोन खसालेपछि दुवै देशको सम्वन्धमा चिसोपना आएको छ । आर क्यु– ४ ग्लोबल हांक सर्विलेन्स ड्रोन इरानले खसालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथी सैन्य कार्वाहीको लागी आदेश दिएका थिए । तर, केहीवेरमा नै उनले कार्वाही स्थगित गर्न आदेश दिएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।

दुवै देशको बीचमा लामो समयदेखी खराव सम्बन्ध रहेको वेला ड्रोन खस्नुले आगोमा घिउ थप्ने काम भएको छ । इरानले आफ्नो अनुमति विना इरानमा ड्रोन प्रवेश गरेकोले ड्रोन खसालेको दावी गरेको छ ।

राष्ट्रपति ट्रम्पको आदेशसंगै पेन्टागनले ट्रार्गेट प्वाईन्ट सवै तयारी अवस्थामा राखिसकेको थियो । अमेरिकाको यो शक्तिशाली ड्रोन पानी र कोस्टल एरियामा सर्विलेन्सको लागी निकै उपयोगी थियो । जस्तोसुकै मौसमका साथै दिन र रातमा कुनै पनि समय यो ड्रोनको मद्दतबाट गुणस्तरबाला तस्विरको लागी यो विमान निकै उपयोगी मानिन्थ्यो ।

६० हजार फीट उचाईमा उड्न सक्ने
अमेरिकाको शक्तिशाली यो ड्रोन ६० हजार फीटमाथी उड्न सक्थ्यो । कुनै पनि व्यवसायीक एयरलाईन्स कम्पनीको विमानभन्दा दुई गुणा उचाईमा उड्न सक्ने यो ड्रोनको क्षमता रहेको बताईन्छ । त्यसका साथै यो ड्रोन लामो समयसम्म उडान भर्न समेत सक्षम थियो । ३२ घण्टासम्म यो विमान ५७४.१२ किमी प्रतिघण्टाको रफ्तारले यसले उडान भर्ने गथ्र्यो । यो विमानले यो दौरानमा १६ हजार किलोमीटरको एरिया कभर गर्न सक्छ ।

धेरै खर्च लागेर निर्माण भएको थियो यो ड्रोन
अमेरिकाले यो शक्तिशाली ड्रोन निकै पैसा खर्च गरेर बनाएको थियो । अमेरिकी सेनाकाअनुसार २०११ मा १७६ मिलियन रकम खर्च गरेर यो ड्रोन निर्माण भएको थियो । ग्लोबल हांक सर्विलेन्स ड्रोन निर्माण एंवम् आधुनिक सुविधाबाट लैस भएको यो ड्रोनमा अमेरिकाले २२० मिलियन डलर खर्च गरेको थियो ।

धेरै अप्रेशनमा सामेल ड्रोन

आर क्यु– ४ ग्लोबल हांक सर्विलेन्स ड्रोनले पहिलो उडान २८ फ्रेबररी १९८८ मा गरेको थियो । यो ड्रोनले २ लाख ५० हजार घण्टा उडान भरेको थियो । यो ड्रोनको प्रयोग प्रमुख सैन्य अभियानमा भएको बताईन्छ । इराक,अफगानस्तिान,उत्तर अमेरिकार ग्रेटर एशिया प्यासेफिक क्षेत्रमा यो सर्विलेन्स ड्रोनको प्रयोग भएको थियो । बोइंग ७३७ प्यासेन्जर जैटजस्तै यो ड्रोनमा पनि १३० एफटी विंग्सपैनको प्रयोग भएको थियो । यस्को लम्बाई करीब ४४ फीट एवंम् तौल लगभग १२ टन रहेको थियो । यो तौल र लम्वाई एक सानो विजनेश क्लास जेट बरावर हो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement