स्ववियु निर्वाचनबारे छलफल गर्न आरआर क्याम्पसले बोलायो विद्यार्थी संगठन

स्ववियु निर्वाचनबारे छलफल गर्न आरआर क्याम्पसले बोलायो विद्यार्थी संगठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबारे छलफल गर्न रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) ले विद्यार्थी संगठनहरूलाई बोलाएको छ । तालाबन्दीको अन्त्य गर्दै छलफलमा आउन आग्रह गरेको हो ।

क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै विगतको दिनमा उत्पन्न भएका घटनाहरूलाई आ आफ्नो पक्षबाट समीक्षा गर्दै गल्ती कमजोरी सुधार गर्दै स्ववियु निर्वाचनसँग प्रत्यक्ष सरोकार राख्ने विद्यार्थी संगठनहरूलाई छलफलमा आउन आग्रह गरेको हो ।

स्ववियु निर्वाचनको विषयलाई लिएर अनेरास्ववियू, नेविसंघ लगायतका विद्यार्थी संगठनहरूले गत फागुन २७ गतेदेखि ताला लगाएका थिए । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आएका छन् । अनेरास्ववियुलाई फाइदा पुग्नेगरी निर्वाचन अधिकृतले काम गर्दै आएको भन्दै उनको राजीनामा माग गरेका हुन् ।