आरआर क्याम्पसमा प्रशान्त डंगोलको अध्यक्षमा सुकुन्दा साहित्य पालाःको नयाँ कार्यसमिति गठन

आरआर क्याम्पसमा प्रशान्त डंगोलको अध्यक्षमा सुकुन्दा साहित्य पालाःको नयाँ कार्यसमिति गठन


काठमाण्डु – रत्न राज्यलक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियनको सक्रियतामा सुकुन्दा साहित्य पालाःको नयाँ कार्यसमिति गठन गरिएको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा प्रशान्त डंगोल, उपाध्यक्ष बिनोदमान सिंह, सचिवमा रिदेन महर्जन, सहसचिवमा इन्द्रमान महर्जन, कोषाध्यक्षमा सुस्मिता राजबाहाक, सदस्यहरूमा रजिना डंगोल, सोमी डंगोल, सुभास डंगोल, सरिता मालाकार डंगोल, धिरज प्रजापति, सुष्मा श्रेष्ठ रहेका छन् ।

कार्यक्रमका अतिथि नेपाल भाषा शिक्षिका श्रृमिला सुवालले नेवाः संस्कारमा जन्मिदादेखि शुभकार्यमामा प्रयोग हुने सुकुन्दाको सांस्कृतिक महत्वका बारेमा आफ्ना धारण राख्दै मृत अवस्थामा रहेको सुकुण्डा साहित्य पालालाई पुनः जागरण गर्ने रिदेन महर्जनसहितको टिमलाई हार्दिक धन्यवाद दिइन् ।

कार्यक्रमका अर्का अतिथि नेपाल भाषा शिक्षक अनुपसिंह सुवालंले सुकुन्दा साहित्य पालाः का पुराना अग्रजको छु एल्मुनाइ एशोसियसन गठन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल भाषा शिक्षिका दिपना शर्मा, नेपाल भाषामा पि.एच.डी. गरिरहेकी रबि महर्जन, ज्यापु समाजकी उपाध्यक्ष सबिना महर्जन लगायतको उपस्थिति रहेको थियो ।