काठमाण्डु – काठमाण्डुको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा चिट चोर्न नपाएको भन्दै शिक्षकमाथि कुटपिट भएको छ । मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा सञ्चालित परिक्षामा चिट चोर्न नपाएको भन्दै शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको हो ।
आरआरका लेक्चर ऋषिकेश दाहालका अनुसार शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लगाइएको छ । ’ दाहालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ। उहाँको टाउकोमा सात टाँका लगाउन परेको छ। यसभन्दा लज्जाको विषय के होला? कस्तो शिक्षा दिइरहेका छौं हामीले । प्रयोगात्मत परीक्षाका विषयमा विवाद हुँदा विद्यार्थी कुबेर जेठाराले उनीमाथि कुटपिट गरेको जनाइएको छ ।
चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ। उहाँको टाउकोमा सात टाँका लगाउन परेको छ। यसभन्दा लज्जाको विषय के होला? कस्तो शिक्षा दिइरहेका छौं हामीले।
— Rishikesh (@rishikeshdahal) December 21, 2021




प्रतिक्रिया