पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो :पेट्रोलमा ८ र डिजेलमा १२ रुपैयाँ वृद्धि

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो :पेट्रोलमा ८ र डिजेलमा १२ रुपैयाँ वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागूहुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२-१२ रुपैयाँ बढाउने निर्णय गरेको  हाे।

यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

अब पेट्रोल प्रतिलिटर १७८ र डिजेल र मट्टितेलको १६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।